नेपाल बैंकर्स संघले डाक्यो बैठक, ब्याजदरको विषयमा के आउला निर्णय ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेपाल बैंकर्स संघले डाक्यो बैठक, ब्याजदरको विषयमा के आउला निर्णय ?



काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले बैंठक आव्हान गरेको छ ।

संघले आगामी बुधवार अर्थात चैत २९ गतेका लागि बैठक बोलाएका हो । बैठकमा आगामी नयाँ वर्ष २०८० को बैशाखमा लागू हुने ब्याजदरको विषयमा छलफल र निर्णय हुनेछ ।

बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिले केसीले भने,–‘आगामी बुधवार संघको बैठक बोलाएका छौं । ब्याजदर लगायतका विषयमा छलफल र आवश्यक निर्णय लिनेछौं । विशेषतः ब्याजदरकै रणनीतिमा छलफल हुनेछ ।’

पछिल्लो समय ब्याजदर घटाउनका लागि चौतर्फी दबाब आईरहेको छ । सरकार पक्षले पनि निरन्तर ब्याजदर कम गर्ने सुझाब दिइरहेको छ । गत मंगलबार मात्रै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालयमा बोलाएर देशको वर्तमान अवस्था, ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्य वृद्धि लगायतका विषयमा छलफल गरेका थिए ।

अर्थमन्त्रीसंगको छलफलमा गभर्नर अधिकारी ब्याजदर घटाउने उपायका बारेमा केही सुझाव पनि दिएका थिए । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ब्याजदरका विषयमा निजी क्षेत्र र सरोकारवालासंग छलफल गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले ब्याजदर एकल अंकल ल्याउनुपर्ने अभिव्यक्ति पनि दिँदै आएका छन् ।

नियामक निकायसंगैको छलफलले आगामी बैशाखमा ब्याजदर घट्ने संकेत देखिएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप बढीरहेको छ । बैंकहरुले पनि पनि ब्याजदर घटाउने प्रयासमा रहेको अभिव्यक्ति दिँदै आएको छन् । यद्यपि, आधिकारिक निर्णय भने आगामी बुधवारको बैठकले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्