महालक्ष्मी विकास बैंकको १० वर्ष अवधिको ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याज ? « Arthapath.com
२९ चैत्र २०७९, बुधबार

महालक्ष्मी विकास बैंकको १० वर्ष अवधिको ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याज ?



काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन बिक्री खुला भएको छ ।

बैंकले आज अर्थात चैत २९ गतेदेखि १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।बैंकको सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा कुनै हद तोकिएको छैन ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्