तेस्रो त्रैमासिक रिपोर्टः यस्तो छ फर्स्ट माइक्रोफाइनान्सको वित्तीय प्रगति ? (विवरणसहित)

काठमाडौं । फर्स्ट फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिव ३ करोड रुपैयाँ नाफा बढाएको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
सो अवधिमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँले नाफा वृद्धि गरि १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ पुर्याएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने १७.१२ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य वृद्धि भएको छ । कम्पनीको यस्तो आम्दानी ३.४२ प्रतिशतले बढेर ३१ करोड ७६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस्तै, सो अवधिमा कम्पनीको संचालनमा नाफा पनि १०.६८ प्रतिशतले वृद्धि भई २७ करोड ७९ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा १६ करोड ६८ लाख रुपैयाँ देखिएको छ ।
सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दनी (इपिएस) भने झिनो घटेको छ । सो अवधिमा कम्पनीको खराब कर्जा ०.४७ प्रतिशत मात्र देखिएको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४३ करोड ३० लाख रुपैयाँ भन्दा बढी रकम राखेको छ ।
गत आवको तेस्रो त्रैमासमा २२ रुपैयाँ ९७ पैसा रहेको इपिएस यस वर्षको समिक्षा अवधिमा भने २२ रुपैयाँ ६० पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।