बैंकबाट ऋण लिने हो ? आरविवि, एभरेष्ट, नबिल, स्टाण्डर्ड र नेपाल बैंकको ब्याज सस्तो, माछापुच्छ्रे र सनराइजको महँगो

काठमाडौं । सरकारी दुई बैंकसहित पाँच वटा वाणिज्य बैंकहरुको आधार दर (वेस रेट) एकल बिन्दुमा छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्टाण्डर्ड चार्टर्ड, एभरेष्ट र नबिल बैंकको आधार दर एकल अंकको बिन्दुमा छन् ।
सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको ८.४७ प्रतिशत छ । यस्तै, स्टाण्डर्ड चार्टर्डको आधार दर ९.२७ प्रतिशत, नेपाल बैंकको ९.९२, एरभेष्टको ९.६४ र नबिल बैंकको ९.९९ प्रतिशत छ । यी बैंकहरुले सबैभन्दा सस्तोमा ऋण दिन सक्ने हालतमा देखिएका छन् ।
संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष १०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार चालु आवको दोस्रो त्रैमासको तुलनामा बैंकहरुको बेस रेट दर पनि घटेको छ । समिक्षा अवधिमा बैंकहरुको आधार दर ०.२७ प्रतिशतले बिन्दुले घटेको देखिएको छ । चालु आवको ९ महिना अर्थात चैत मसान्तसम्ममा बैंकहरुको आधार दर औषतमा १०.५१ प्रतिशत कायम भएको छ । तर, यसअघि अर्थात गत पुस मसान्तसम्ममा भने यस्तो दर १०.७८ प्रतिशत रहेको थियो ।
बैंकहरुले आधा दर (बेस रेट) लाई आधार मानेर नै कर्जा (ऋण) को ब्याजदर कायम गर्दछन् । यसका आधार बेस रेट कम भएका बैंकहरुको ऋणको ब्याजदर पनि तुलनात्मक रुपमा कम हुने गर्दछ । बैंकहरुले कर्जाको ब्याजदरमा बेस रेटमा प्रिमियम थप गरि निर्धारण गर्दछन् । हाल बैंकहरुले बेस रेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गर्न व्यवस्था छ ।
राष्ट्रिय वाणिज्य बैंकसहित पाँच बैंकले दिनसक्छ सस्तोमा ऋण
यसका आधारमा सबैभन्दा सस्तो ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकबाट पाइनेछ । यसका आधारमा आरविविले अधिकतम १३.४७ प्रतिशतसम्म ऋणको ब्याज लिनेछ ।
यस्तै, स्टाण्डर्ड चार्टर्डले अधितम १४.२७ प्रतिशत, नेपाल बैंकले १४.९२ प्रतिशत, एभरेष्टले १४.६४ र नबिलले १४.९९ प्रतिशत ब्याजदरमा ऋण दिनसक्नेछ ।
सनराइज र माछापुच्छ्रेको महँगो
सरनाइज र माछापुच्छ्रे बैंकबाट ऋण लिँदा भने महँगो ब्याज तिर्नुपर्ने देखिएको छ । बैंकको बेस रेटका आधारमा यी दुई बैंकबाट ऋण लिँदाँ अन्य बैंकको भन्दा महँगो पर्ने भएको हो ।
तेस्रो त्रैमासिक वित्तीय रिपोर्टअनुसार सनराइजको आधार दर ११.३४ प्रतिशत र माछापुच्छ्रेको ११.३१ प्रतिशत छ । यसमा प्रिमियम ५ प्रतिशत जोडिँदा बैंकको कर्जाको ब्याजदर अरुको बैंकको भन्दा महँगो पर्न गएको हो । यी बैंकहरुले अधिकतम १६.३४ प्रतिशतसम्म ब्याजमा ऋण दिनसक्नेछन् ।
यस्तो छ बैंकहरुको आधार दर
