आफै ९० लाख कित्ता आईपीओ जारी गर्दै नेप्से, बुक बिल्डीङ विधिबाट ल्याउने योजना ! « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

आफै ९० लाख कित्ता आईपीओ जारी गर्दै नेप्से, बुक बिल्डीङ विधिबाट ल्याउने योजना !



काठमाडौं । पब्लीक कम्पनीको सेयर सुचीकरण गरेर दोस्रो बजारमा कारोबार गराउँदै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफै सर्वसाधारण सेयर जारी गर्ने योजना अघि बढाएको छ ।

नेप्से ९० लाख कित्ता आईपीओ जारी गर्ने योजना अघि बढाएको हो । हाल नेप्सेको चुक्ता पँुँजी १ अर्ब रुपैयाँ छ । नेप्सले आफ्नो व्यवसायीक रणनीतिअनुसार निजी लगानी समेत भित्र्याउदैंछ । साथै, स्टक एक्सचेन्ज कम्पनीको चुक्ता पुँजी पनि ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । यसका अलावा निजी क्षेत्रबाट अर्काे स्टक एक्सचेन्ज कम्पनी आउदैंछ । यी यस्ता अवस्थालाई दृष्टिगत गर्दै नेप्सेले आफ्नो पुँजी ३ अर्ब रुपैयाँ अर्थात् अंकित मूल्य १०० रुपैयाँको आधारमा ३ करोड कित्ता सेयर पुर्याउँदैछ । त्यसको ३० प्रतिशत अर्थात् ९० लाख कित्ता सेयर जारी गर्ने योजनामा नेप्से पुगेको हो । त्यसमा ३ प्रतिशत नेप्सेको कर्मचारी लाई छुट्टाउने प्रस्ताव गरिएको छ ।

अंकित मूल्यमै सेयर जारी भएमा नेप्से ९० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गरिनेछ । नेप्सको यो प्रस्ताव सञ्चालक समितिबाट पारित भएपछि हालै अर्थमन्त्रालयमा पेश गरिएको छ । अर्थमन्त्रालयले स्वीकृति दिएपछि यसको थप काम अघि बढ्नेछ । यद्यपि, नेप्सले उक्त आईपीओ बुक बिल्डीङ विधीबाट ल्याउने गरि पनि योजना बनाएको छ । नेप्सले सेयर संरचना परिवर्तन गर्ने बिषयमा गरेको अध्ययनले पनि बुक बिल्डीङ विधिबाट सेयर जारी गर्न सुझाव दिएको छ । यद्यपि, यो विषयमा निर्णय भइसकेको छैन ।

यता, निजी क्षेत्रबाट पनि अर्को स्टक एक्सचेञ्ज संचालनमा आउँदै छ । यसका लागि नेपाल धितोपत्र बोर्डले एक स्टक एक्सचेञ्ज कम्पनीलाई लाईसेन्स दिने तयारी थालेको छ । बोर्डले अघिल्लो साता मात्रै लाईसेन्स वितरणका लागि मुल्याङ्कन समिति समेत बनाएको छ । अब करिव १ महिनामा भित्र एउटा स्टक कम्पनीले लाइसेन्सका लागि आशय पत्र पाउनेछन् । त्यसपछि बोर्डले कारोबारको अन्तिम स्वीकृत अर्थात् लाइसेन्स दिनेछ । लगत्तै सम्बन्धीत स्टक एक्सचेन्ज कम्पनी सञ्चालनमा आउने छ ।

गत २०७९ भदौंमा मन्त्रीपरिषद् बैठकले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, धितोपत्र व्यवसायी नियमावली २०६४ र धितोपत्र बजार सञ्चालक नियमावली २०६४ संशोधनलाई स्वीकृत गरेर नयाँ स्टक एक्सचेन्जलाई लाइेसेन्स दिने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले असोज २ गते नयाँ स्टक एक्सेचेन्जको लािग प्रस्ताव आह्वान गरेको थियो । तर, यस विरुद्ध सर्वाेच्चमा रिट पर्दा यो अन्योलमा परेको थियो । तर, सर्वाेच्चको सरकारकै पक्षमा फैसला गरेपछि यो प्रक्रिया पुनः अघि बढेको हो ।

नेपाल धितोपत्र बोर्डले लाइसेन्सका लागि केही समय अघि आह्वान गरेको प्रस्तावमा ३ कम्पनीले आवेदन दिएका छन् । त्यसमा हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडले आवेदन दर्ता गरेका छन् ।

धितोपत्र बोर्डले निजी क्षेत्रबाट थप एक स्टक एक्सचेन्ज थप्ने गरि लाइसेन्स दिने प्रक्रिया अघि बढेसंगै सेयर बजारमा प्रतिस्पर्धा र सेवा सुविधा बढाउने सम्भावना समेत बढेको छ ।


प्रतिक्रिया दिनुहोस्