मदिराको कर वृद्धिसंगै मूल्य पनि बढ्यो, अब कुनको कति पुग्यो ?

काठमाडौं । सरकारले मदिराजन्य वस्तुको कर वृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत सरकारले मदिराको कर बढाएको हो ।
सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्दै आगामी आवको बजेट अन्तर्गत आर्थिक विद्येयकमा मदिराजन्य वस्तुको कर बढाएको जनकारी दिए । वृद्धि भएको कर भने आजै राति १२ बजेदेखि लागू हुनेछ । करवृद्धि भएसंगै अब मदिराको मूल्य पनि बढेको छ ।
कुनमा कति बढ्यो ?
सरकारले बजेट मार्फत अल्कोहल रहित बियरमो मूल्य प्रतिशत लिटर ३५ रुपैयाँ अन्त:शुल्क कायम गरेको छ । जुन चालु आवको बजेटमा ३० रुपैयाँ मात्रै अन्त:शुल्क तोकिएको थियो । सरकारले जौबाट बनेको बियरमा पनि प्रतिलिटर ७ रुपैयाँ अन्त:शुल्क वृद्धि गरेको छ । योसंगै अब प्रतिलिटर २३५ रुपैयाँ पुगेको छ। यसअघि २२८ रुपैयाँ रहेको थियो ।
यस्तै, ईएनएको (एक्स्ट्रा न्युट्रल अल्कोहल) मा ४ रुपैयाँ बढाएको छ । अन्य मदिरामा प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा बढाएर प्रतिलिटर ९० रुपैयाँ, डिनेचर्ड स्प्रिट ३५ रुपैयाँ पुर्याएको छ । यी दुवै प्रकारका मदिरामा सरकारले क्रमश: ५ रुपैयाँ र ७ रुपैयाँले अन्त:शुल्क बढाएको हो ।
सरकारले वाइन वा व्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोग हुने सबै प्रकारका मादक द्रवहरुसमेत अन्तशुल्क ७ रुपैयाँले बढाएको छ ।
यस्तै, १५ युपि शक्ति ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा अन्तशुल्क प्रतिलिटर १ हजार ७५० रुपैयाँ रहेकोमा १ हजार ८०० रुपैयाँ तोकेको छ । साथै, प्रतिएलपि लिटर २ हजार ५९ रुपैयाँ रहेकोमा अन्तशुल्क बढाएर २ हजार १२० रुपैयाँ पुर्याएको छ।










