२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा १० खर्ब  बढी भित्रियो « Arthapath.com
२६ जेष्ठ २०८०, शुक्रबार

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा १० खर्ब  बढी भित्रियो



काठमाडौं । नेपाल भित्र्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) वृद्धि भएको छ । १० महिनामा रेमिट्यान्स २३.४ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको बैशाख मसान्तसम्ममा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भएको छ । समिक्षा अवधमिा ४ लाख २१ हजार २७९ ले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भएको छ। योसंगै यस्तो संख्या २ हजार ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्