३० दिनभित्र सबै विवरण पेस गर्न सहकारीलाई काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० दिनभित्रमा मातहतका सबै सहकारीहरुलाई आफ्नो विवरण पेस गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले एक सूचना प्रकाशित गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र आफ्नो विवरण बुझाउन भनेको हो ।
केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए वमोजिमका विवरणहरू समयमा नै पेस नगरेको विभागले जनाएको छ । अबको ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।
ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।
