बेस रेटमा २ प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याज लिए कारवाही

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आधार दर (बेस रेट) मा २ प्रतिशतसम्म मात्र थप गरि ब्याजदर तोक्नुपर्नेछ । तर, आधार दरमा २ प्रतिशत भन्दा बढी प्रिमियम थपेर कुनै पनि बैंक तथा वित्तीय संस्थाले ब्याज लिएर कारवाही हुने भएको हो ।
वित्तीय सचेताका लागि गएक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो । २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदमार्थमा आधारित उद्योग, हस्तकला लगायत व्यवसाय सञ्चालनका लागि आधारदरमा २ प्रतिशतमात्र थप गरी ब्याजदर लिन पाइने व्यवस्था छ ।
केन्द्रीय बैंकले गत वर्ष २०७९ साउन १८ गते एक निर्देशन नै जारी सो व्यवस्था कायम गरेको थियो । सोही निर्देशन विपरीत कसैले पनि बढी ब्याज लिएको पाइएको खण्डमा केन्द्रीय बैंकलाई जानकारी गराउन भनेको हो ।
आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरि ब्याजदर कायम गरि कर्जा लिएको राष्ट्र बैंकलाई खबर गर्न सकिनेछ । त्यसका लागि आफूले कर्जा लिएको वा लिने संस्थाको वेसाइटमा उलपब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्षा गुनासो दर्ता गराउने राष्ट्र बैंकको अनरोध छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति विना एकतर्फी रुपमा कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराइ सो बापत शुल्न नपाईने व्यवस्था गरेको छ । तर, ग्राहकको अनुमतिविना उलपब्ध गराइएका सेवापात कुनै शुल्क लिएमो १० प्रतिशत थप गरि ग्राहकको खातामा जम्म गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । तर, सेवाग्राहीले माग नगरेको सेवाबापत कुनै पनि शुल्क लिएको खण्डमा पनि खबर गर्न केन्द्रीय बैंकले अनुरोध गरेको हो ।