नेपाल फाइनान्सको नाफा ४७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी पनि ओरालो, अन्य सूचक कस्ता ? « Arthapath.com
२० श्रावण २०८०, शनिबार

नेपाल फाइनान्सको नाफा ४७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी पनि ओरालो, अन्य सूचक कस्ता ?



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार फाइनान्सले २ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.१३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको संचालन नाफामा भारी गिरावट आउदा मुनाफा समेत प्रभावित बनेको छ । कम्पनीको संचालन नाफा ५१.२९ प्रतिशतले घटेर २ करोड ५४ लाख २२ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ५ करोड २१ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी १८.४२ प्रतिशत बढेर ९ करोड १४ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७ करोड ७२ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा वितरणयोग्य मुनाफा २१ करोड ३ लाख रुपैयाँ ऋणात्मक, चुक्ता पूँजी ७२ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष २६ करोड ९४ लाख रुपैयाँ, निक्षेप १२.१५ प्रतिशत बढेको छ भने कर्जा ३२.०७ प्रतिशत बढेको छ ।

फाइनान्सको निष्क्रिय कर्जा १४.०७ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १७ पैसा घटेर ३ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्