११ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य, चाडपर्वको मुखैमा उपभोक्तालाई राहत

काठमाडौं । नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो ।
चाडपर्वको समयमा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य घटाएको निगमले जनाएको छ। निगममले आजै राती देखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ डिजेल/मट्टितेलको प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको छ ।
हो ।
इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा क्रमश: ११ रुपैयाँ १८ पैसा र ५ रुपैयाँ ०३ पैसाले घटेर आएको हो । सोही अनुसार नै नेपालमा पनि नयाँ मूल्य कायम गरिएको निगमको भनाई छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० हाललाई यथावत राखिएको निगमले जनाएको छ।
