वालेटमा जम्मा गर्ने रकमको सीमा दोब्बर बढ्यो, तिहारमा एकैदिन २० पटकसम्म जम्मा गर्न पाइने « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

वालेटमा जम्मा गर्ने रकमको सीमा दोब्बर बढ्यो, तिहारमा एकैदिन २० पटकसम्म जम्मा गर्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले संचालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) वृद्धि गरेको छ । अब दैनिक बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । तिहारमा प्राकृतिक व्यक्तिको वालेटमा एकै दिन बढी २० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले यस्तो सुविधामा भने अस्थायी रुपमा वृद्धि गरेको हो । यसअघि एकदिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आजै अर्थात कार्तिक २४ गतेदेखि आगामी मङ्सिर ३ गतेसम्मको लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सक्नेछन् । तर, त्यस अवधिमा भएको कारोबारको संखया र कारोबारको कुल रकम भुक्तानी प्रणाली विभागमा जानकारी गराउने पर्ने छ ।


प्रतिक्रिया दिनुहोस्