नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
४ मंसिर २०८०, सोमबार

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस र ६.८० प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्