घट्यो पेट्रोलियम पदार्थ मूल्य: खाना पकाउने ग्यासको भाउ भने यथावत, अब कुनको कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।
निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो । तर, खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर २ रुपैयाँ १२ पैसा, डिजेलटको ४ रुपैयाँ ०९ पैसाले घटेर आएको थियो ।
तर, खाना पकाउने ग्यासको भने प्रति सिलिण्डर २१ रुपैयाँ १४ पैसाले बढेर आएको निगमले जनाएको छ । यद्यपि, आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्यमा भने ३०० रुपैयाँ नोक्सानी भएता पनि यथावत राखिएको जनाएको छ ।
अब कुनको कति ?