आइएमएफबाट नेपालले विस्तारित कर्जा सुविधाको तेस्रो किस्ता पाउने, करिब ७ अर्ब रुपैयाँ स्वीकृत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई करिब ७ अर्ब रुपैयाँ विस्तारित कर्जा सुविधा (इसीएफ) निकासा गर्न स्वीकृति दिएको छ ।
आइएमएफको कार्यकारी बोर्डको बैठकले नेपाललाई चार वर्षे विस्तारित कर्जा सुविधाका अन्तर्गत ५२.२५ मिलियन डलर निकासा गर्न स्वीकृति दिएको हो । नेपालले आइएमएफबाट तेस्रो किस्ताका लागि स्वीकृति पाएको हो । सो योजना अन्तर्गत नेपालले पहिलो र दोस्रो किस्ता पाइसकेको छ ।
पहिलो किस्ता गत आर्थिक वर्षको पुसमा र दोस्रो किस्ता गत बैशाखमा दिएको थियो । अघिल्लो वर्षकोपुसमा नेपालले ३९ करोड ८५ लाख डलर पाएको थियो । नोभेम्बर २९ मा बसेको आइएमएफको बैठकले नेपाललाई तेस्रो किस्ता बापत करिब ७ अर्ब रुपैयाँ दिन स्वीकृत गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
आइएमएफले विस्तारित कर्जा सुविधा अन्तरगतको कार्यक्रम कार्यन्वयनमा नेपालले राम्रो प्रगति गरेको जनाएको छ ।