मौद्रिक नीतिको समिक्षा: रियल स्टेट र सेयर धितो कर्जाको जोखिम भार घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल स्टेट कर्जा र सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति समिक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्ने भएको हो ।