आईसीएफसी फाइनान्सले घोषणा गर्यो लाभांश « Arthapath.com
२४ मंसिर २०८०, आईतवार

आईसीएफसी फाइनान्सले घोषणा गर्यो लाभांश



काठमाडौं । आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

मंसिर २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश बाड्ने निर्णय गरेको छ ।

अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्