कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने तयारीमा छौंः प्रधामन्त्री « Arthapath.com
१० पुष २०८०, मंगलवार

कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने तयारीमा छौंः प्रधामन्त्री



काठमाडौं । कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘कृषि क्षेत्रमा लगानी दशक २०८१–२०९१’ घोषणा गरेर अघि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । अहिले भइरहेका प्रायासलेमात्र कृषि क्षेत्रको विस्तार नहुने भन्दै उनले दशक घोषणा गर्न लागिएको बताए ।

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सार्वजनिक, निजी, सहकारी र विकास साझेदारहरुको संयुक्त प्रयासबाट कृषिलाई अघि बढाउने प्रयास गर्न खोजिएको उनले बताए ।

खाद्यान्न उत्पादन बढाउन गर्न १७ हजार हेक्टरमा चैतेधान खेति प्रबद्र्धन गर्ने प्रधानमन्त्रीले बताएका छन् । उनले समग्र तराई क्षेत्र सिंचित हुने गरी नहर प्रणाली विकास गर्ने पनि बताएका छन् ।

उनले इटलीको रोममा भएको विश्व खाद्य कार्यक्रमको बैठकमा नेपालले राखेको प्रस्तुतीले खाद्य पोषणको क्षेत्रमा विश्व समुदायको ध्यान तानिएको दाबी पनि गरे ।


प्रतिक्रिया दिनुहोस्