सरकारले गर्यो बजेट संशोधन: २ खर्बले घट्यो बजेटको आकार
काठमाडौं । संशोधित बजेटको आकार १५ खर्ब ३० अर्ब कायम भएको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् ।
उनका अनुसार बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । जुन, सुरु अनुमानको ८७.३७ प्रतिशत हो । अर्थमन्त्री महतका अनुसार चालुतर्फ विनियोजित रकमको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८७.३९ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, अर्थवार्षिक समिक्षा सार्वजनिक गर्दै बजेटको आकार २ खर्ब हाराहारीमा घटाइएको हो ।