दुर्गा प्रसाईंको मेडिकल कलेजलाई अध्यापन अनुमति दिन सर्वोच्चको फैसला
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बी एण्डी सी मेडिकल संचालनका लागि अनुमति पाएका छन् । सर्वोच्च अदालतले उक्त मेडिकल कलेज संचालनका लागि अनुमति प्रदान गर्न फैसला गरेको हो ।
मेडिकल कलेजका सञ्चालक प्रसाईंले आफ्नो मेडिकल कलेजले सम्बन्धन प्राप्त गर्नुपर्ने दाबि गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सोमबार न्याधीश डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रसाईंको पक्षमा निर्णय सुनाएको हो ।
गत चैत ६ गते मंगलबार न्यायाधीश डा. चुडाल र सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने आजलाई (चैत १२ गते) लाई तोकेको थियो । बी एण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको मुद्दा चैत ५ र ६ गते संयुक्त इजलासमा सुनुवाइ भएको थियो । उक्त मुद्दामा सर्वोच्चले अग्राधिकार पनि प्रदान गरेको थियो ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।