सेयर बजारमा म्युचुअल फन्डहरुले थपे एकै महिना डेढ अर्ब लगानी: न्याभ र नाफामा पनि सुधार, कुनको कति ?
काठमाडौं । म्यचुअुल फन्डहरुले सेयर बजारमा लगानी थपेको थप्यै छन् । एकै महिना झन्डै डेढ अर्ब रुपैयाँ सेयर बजारमा लगानी बढाएका हुन् ।
फन्डहरुको प्रकाशन गरेको फागुन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार फागुनमहिनासम्म फन्डहरुको सेयर बजारमा लगानी ३० अर्ब ७२ करोड २४ लाख ४० हजार रुपैयाँ पुगेको छ । जुन गत माघ महिनाको तुलनामा ४.७५ प्रतिशत बढी हो ।
फागुनमा फन्डहरुको सेयर बजारमा लगानी १ अर्ब ३९ करोड ३६ लाख ५३ हजार रुपैयाँ बढी हो । गत माघ महिनासम्म भने यस्तो लगानी २९ अर्ब ३२ करोड ८७ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
फागुनमा ४ वटा फन्डहरुको लगानी मात्रै घटेको छ । फागुनमा ग्लोबल आइएमई ब्यालेन्सड् फन्ड–१ को सेयर बजारमा लगानी २.१५ प्रतिशत, प्रभु सेलेक्ट फन्डको १.४४ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाको १.७४ प्रतिशत र सानिमा ग्रोथ फन्डको ०.२२ प्रतिशत घटेको छ । तर, त्यस बाहेकका ४० वटा फन्डहरुले भने सेयर बजारमा लगानी बढाएका छन् ।
आधा दर्जन फन्डहरुको लगानी १ अर्ब माथि देखिएको छ । सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआईबिएल सहभागिता फन्डको छ । सो फन्डले सेयर बजारमा १ अर्ब ७२ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । समिक्षा महिनामा एनएमबि सरल बचत फन्ड इको पनि १ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ लगानी देखिएको छ ।
यस्तै, सिद्धार्थ इक्विटी फन्ड १ अर्ब १५ करोड ३३ लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट दोस्रो १ अर्ब ९ करोड ७५ लाख, एनएमबि ५० को १ अर्ब ५ करोड १५ लाख, सानिमा इक्विटीको १ अर्ब ४ करोड २२ लाख रुपैयाँ लगानी सेयर बजारमा छ।
सेयर बजारमा कुन फन्डको लगानी कति ?
अधिकांशको फन्डहरुको न्याभमा पनि सुधार, औसत न्याभ १० रुपैयाँ माथि
फागुनमा अधिकांश फन्डहरुको प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ) पनि वृद्धि भएको छ । सेयर बजारमा आएको केही सुधारले नै फन्डहरुको न्याभ पनि बढेको हो ।
केही महिना अघिसम्म अस्थिर सेयर बजारका कारण फन्डहरुको न्याभ पनि घटेको थियो । तर, अहिले भने सुधार भएको छ । हाल फन्डहरुको औसत न्याय १० रुपैयाँ माथि नै छ ।
फागुनसम्मको विवरणअनुसार सबैभन्दा धेरै न्याभ एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रो को ११ रुपैयाँ ४५ पैसा छ । दोस्रो सूचीमा रहेको सनराइज फर्स्टको ११ रुपैयाँ ३० पैसा रहेको छ ।
यस्तै, सानिमा इक्विटी फन्डको ११ रुपैयाँ २५ पैसा कुमारी सुनौलो लगानी योजनाको ११ रुपैयाँ १३ पैसा, एनआइसी एशिया सेलेक्ट–३० को ११ रुपैयाँ ११ पैसा, एनआइसी एशिया ग्रोथ फन्डको ११ रुपैयाँ ०३ पैसा रुपैयाँ छ। सबैभन्दा कम न्याभ भने मेगा म्युचुअल फन्ड–१ को ८ रुपैयाँ ८९ पैसा छ ।
कुनको न्याभ कति ?
३३ प्रतिशत बढ्यो फन्डहरुको नाफा
फागुनमा फन्डहरुको नाफा पनि सुधार देखिएको छ । ४४ वटा फन्डहरुको नाफ ३३.३३ प्रतिशत बढेको छ । गत माघमा फन्डहरुले ४४ करोड ८३ लाख १८ हजार रुपैयाँ नाफा कमाएका थिए । तर, फागुनमा भने ३३.३७ प्रतिशत बढेर ६६ करोड ४६ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
सो महिनामा अधिकांश फन्डहरुको नाफामा सुधार आएको छ । तर, केही भने नोक्सानीमै देखिएका छन् । फागुनमा सबैभन्दा धेरै नाफा एनआइसी एशिया ग्रोथ फन्डले कमाएको छ । फन्डले फागुनमा ८ करोड १३ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ। तर, यो नाफा गत माघको तुलनामा ३.०३ प्रतिशत बढी हो ।
धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने हिमालयन ८०–२० छ । सो फन्डको नाफा माघको तुलनामा २.४१ प्रतिशत बढेर ७ करोड १७ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
यस्तै, समिक्षा अवधिमा प्रभु सेलेक्ट फन्डले ६ करोड ७९ लाख ७१ हजार, आरविवि म्युचुअल फन्ड–२ ले ५ करोड ८७ लाख १० हजार, एनआइसी एशिया फलेक्सि क्यापले ५ करोड ५३ करोड ६१ लाख, आरविवि म्युचुअल फन्ड–१ ले ५ करोड ५० लाख ३६ हजार र कुमारी धनवृद्धि योजनाले ५ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा कमाएका छन् ।
कसले कति कमाए नाफा ?