अपर तामाकोशीले एक्लैले बेच्यो साढे ६ अर्ब बिजुली, ९० वटामध्ये कुन हाइड्रोपावरको कमाई कति ?

काठमाडौं । साढे ७ दर्जन जलविद्युत कम्पनीहरुले २५ अर्ब बढीको बिजुली बेचेका छन् । नाफामा ऋणात्मक रहेका कम्पनीहरुले विद्युत बिक्रीबाट हुने आम्दानी भने १५.६५ प्रतिशत बढाएका हुन् ।
९० वटा जलविद्युत कम्पनीहरुले गत चैत मसान्तसम्ममा कुल २५ अर्ब १९ करोड ९६ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन् । यो गतको सोही अवधिको तुलनामा ३ अर्ब ४० करोड ९२ लाख रुपैयाँ बढी हो । ती कम्पनीहरुले गत वर्षको चैत मसान्तसम्ममा कुल २१ अर्ब ७९ करोड ३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए ।
तर, विद्युत बिक्री आम्दानी बढाए पनि अधिकांश कम्पनीहरु भने नोक्सानीमा देखिएका छन् । समग्रमा जलविद्युत कम्पनीहरुले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेका छन् । ४५ वटा कम्पनीहरुले घाटामै चलिरहेका छन् भने ४४ वटा नाफामा देखिएका छन् । नाफामा रहेकामध्ये १९ वटाले बढाएका छन्, १७ वटाको नाफामा गिरावट देखिएको छ ।
कम्पनीहरुको आम्दानी बढे पनि नाफा प्रभावित भएको छ । वित्तीय लगायतको खर्च बढेसँगै कम्पनीहरुको नाफामा सुधार नआएको हो । यद्यपि बिक्री आम्दानी भने बढाएका छन् । समग्रमा ४० वटा कम्पनीको बिक्री आम्दानी वृद्धि भएको छ भने ३६ वटाको घटेको छ । कतिपय कम्पनीहरुले विद्युत उत्पादन सुरु गरेका छैनन् भने कतिले विवरणमा उल्लख गरेका छैनन् ।
समिक्षा अवधिमा अपर तामाकोशी एक्लैले ६ अर्ब ५३ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । जुन गत वर्षको तुलनामा ५.७४ प्रतिशत बढी हो । विद्युत बिक्री आम्दानीमा अपर तामाकोशी एक्लैको हिस्सा २५.९१ प्रतिशत हिस्सा छ ।
सबैभन्दा धेरै विद्युत बिक्री गर्नेको दोस्रो सूचीमा रहेको साहस उर्जाले २ अर्ब २ करोड ५२ लाख रुपैयाँ र तेस्रो सूचीमा रहेको ग्रीन भेन्चरले पनि १ अर्ब १८ करोड ६८ लाख बराबरको विद्युत बिक्री गरेका छन् ।
विद्युत बिक्री आम्दानी बढाउनेको शीर्ष सूचीमा भने सुपर मादी हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन देखिएका छन् । यी दुबै कम्पनीले क्रमशः ७१.१६ गुणा र २८.८५ गुणा बढाएका छन् । ९ महिनामा सुपर मादीले ९४ करोड ५५ लाख र राप्ती हाइड्रोले ५ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका छन् । यता, बलेफी, मिड सोलु, अपि पावर, पिपुल्स पावर, मनकामना इमर्जिङ्ग, अपर स्याङ्ेले पनि शतप्रतिशत बढाएका छन् ।
कुन कम्पनीले कति बेचे बिजुली ?
power-sales