सेयर बजारमा म्युचुअल फन्डहरुले थपे २ अर्ब लगानीः सबै फन्डको न्याभ बढ्यो, कसको नाफा कति ?

काठमाडौं । अधिकांश म्यूचुअल फन्डहरुको वित्तीय अवस्थामा सकरात्मक सुधार देखिएको छ । हाल संचालनमा रहेका ४४ वटा फन्डहरुले सार्वजनिक गरेको गत जेठ महिनामो वित्तीय विवरणले यस्तो देखाएको हो ।
जेठ महिनामा फन्डहरुको नाफा, प्रति इकाई खुद सम्पत्ति (न्याभ) र लगानीमा सुधार आएको छ । गत बैशाख महिनामा घाटामा रहेका अधिकांश कम्पनीहरुको नाफामा धनात्मक देखिएको छ ।
यता, सबै फन्डहरुको न्याभ पनि बढेको छ । गत बैशाखमा २८ वटा फन्डहरु नोक्सानीमा थिए । तर, जेठ महिनामा भने ११ वटा फन्डहरुले मात्र घाटा व्यहोरेका छन् । फन्डहरुको सेयर बजारमा लगानी पनि साढे ७ प्रतिशत बढेको देखिन्छ । औसत न्याभ पनि बढेर १० रुपैयाँ ३४ पैसा कायम भएको छ ।
समय बजारमा देखिएको उतारचढावले नै कम्पनीहरुको नाफामा खास सुधार आउन सकिरहेको थिएन । तर, जेठमा भने सेयर बजारमा आएको बढोत्तरी फन्डहरुको समग्र वित्तीय विवरण सुधारिएको हो । जेठमा फन्डहरुको ऋणमा ३ अर्ब ४७ करोड ५४ लाख, ३ अर्ब ९१ करोड ५४ लाख मुद्दति निक्षेप र ७ अर्ब ३२ करोड २५ लाख रुपैयाँ बैंक मौज्दातमा छ ।
एक महिनामै फन्डहरुले थपे सेयर बजारमा बढाए २ अर्ब २८ करोड लगानी, सात वटाको अर्ब माथि
जेठ महिनामा फन्डहरुको सेयर बजारमा लगानी ७.४९ प्रतिशत बढेको छ । एकै महिनामा फन्डहरुले बजारमा २ अर्ब २८ करोड ४१ लाख रुपैयाँ लगानी बढाएका हुन् । योसँगै हाल ४४ वटा फन्डहरुको सेयर बजारमा ३२ अर्ब ७५ करोड ३७ लाख ६५ हजार रुपैयाँ लगानी पुगेको छ । गत बैशाखसम्ममा भने ती फन्डहरुले ३० अर्ब ४७ करोड ९६ लाख १८ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए ।
समिक्षा अवधिमा तीन वटा बाहेकका सबै फन्डहरुले बजारमा लगानी थपेका छन् । सबैभन्दा धेरै लगानी एनआइविएल सहभागिता फन्डको १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ छ । बैशाखको तुलनामा फन्ड १० प्रतिशत लगानी बढाएको हो । यो फन्डसहित ७ वटाको लगानी अर्ब माथि नै छ ।
विवरणअनुसार एनएमबि सरल बचत फन्ड इको १ अर्ब ६३ करोड ३१ लाख ५२ हजार, सिद्धार्थ इक्विटी फन्डको १ अर्ब २५ करोड ९७ लाख, एनएमबि सुभल इन्भेष्टमेन्ट फन्ड–दोस्रोको १ अर्ब १९ करोड २७ लाख र एनएमि–५० को १ अर्ब १० करोड ४५ लाख रुपैयाँ लगानी सेयर बजारमा छ ।
यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १ अर्ब १ करोड ८९ लाख र सानिमा इक्विटी फन्डको १ अर्ब ५३ लाख रुपैयाँ सेयर बजारमा लगानी छ । सबैभन्दा कम लगानी एनआइसी एशिया डाइनामिक डेप्ट फन्डको २० करोड ५८ लाख रुपैयाँ छ। गत बैशाखको तुलनामा सबैभन्दा धेरै लगानी बढाउनेमा कुमारी सबल योजना (५१.९१ प्रतिशत) छ । यस्तै, हिमालयन ८०–२० ले २८.७८ प्रतिशत र एनआइविएल स्टेबल फन्डले १०.९५ प्रतिशत बढाएका छन् ।

सबै फन्डहरुको न्याभ बढ्यो, कसको कति ?
जेठमा सबै फन्डहरुको न्याभ बढेको छ । सो महिनामा फन्डहरुको औसत न्याभ १० रुपैयाँ ३४ पैसा छ। गत बैशाखमा भने १० रुपैयाँ ०६ पैसा थियो ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रोको सबैभन्दा धेरै ११ रुपैयाँ ६२ पैसा छ । योसहित ७ वटा फन्डको न्याभ ११ रुपैयाँ भन्दा माथि छ । सनराइज फस्र्ट म्युचुअल फन्डको न्याभ ११ रुपैयाँ २७ पैसा, कुमारी सुनौलो लगानी योजनाको ११ रुपैयाँ २० पैसा, एनएमबि ४० को ११ रुपैयाँ १२ पैसा, सानिमा इक्विटीको ११ रुपैयाँ ११ पैसा, एनआइसी एशिया ग्रोथ र प्रभु सेलेक्ट फन्डको ११/११ रुपैयाँ छ।
समिक्षा महिनामा दुई दर्जन फन्डको न्याभ १० रुपैयाँ भन्दा माथि छ । सबैभन्दा कम मेगा म्युचुअल फन्ड–१ को ८ रुपैयाँ ८१ पैसा छ । यी बाहेक सबै फन्डको न्याभ ९ रुपैयाँ भन्दा माथि नै छ ।

कसले कति कमाए नाफा ?
जेठ महिनामा १६ वटा फन्डहरुले नाफा उच्च दरमा वृद्धि गरेका छन् । अन्य सबैको सुधार छ। गत बैशाखसम्म २८ वटा फन्डहरु नोक्सानीमा थिए । तर, जेठमा भने ११ वटा मात्रै घाटामा देखिएका छन् ।
जेठमा सबैभन्दा धेरे नाफा प्रभु सेलेक्ट फन्डले ११ करोड ८८ लाख रुपैयाँ कमाएको छ । बैशाखको तुलनामा फन्डले नाफ ६६.४३ प्रशित बढाएको हो ।
यस्तै, एनआइसी एशिया ग्रोथ फन्डले ७ करोड ८९ लाख, हिमालयन ८०–२० ले ६ करोड ७० लाख, आरविवि म्युचुअल फन्ड–२ ले ५ करोड ३४ लाख र एनआइसी एशिया डाइनासिक डेप्टले ५ करोड नाफा कमाएका छन् ।
