घरजग्गासँगै बढ्न थाल्यो अपार्टमेन्ट किनबेच: काठमाडौं उपत्यकामा बिक्छन् धेरै, कहाँ कति ? « Arthapath.com
७ श्रावण २०८१, सोमबार

घरजग्गासँगै बढ्न थाल्यो अपार्टमेन्ट किनबेच: काठमाडौं उपत्यकामा बिक्छन् धेरै, कहाँ कति ?



काठमाडौं । करिव ठप्प जस्तै रहेको अपार्टमेन्ट खरिदबिक्री पुनः बढ्न थालेको छ । समग्रमा घरजग्गा कारोबार बढेसँगै अपार्टमेन्ट खरिदबिक्री पनि सुधार देखिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल ३८६ वटा अपार्टमेन्ट किनेबच भएको छ । जुन अघिल्लो आवको तुलनामा ६.९२ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि देशभर ३६१ युनिट अपार्टमेन्ट खरिदबिक्री भएका थिए ।

विभागका अनुसार गत असार महिनामा मात्रै ७१ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । यो पछिल्ला दुई वर्ष यताकै उच्च हो । अघिल्लो वर्ष २०७९ असारमा पनि ९८ युनिट अपार्टमेन्ट किनबेच भएको थियो । त्यसयताभने मासिक औसतमा ३२ यनिट मात्रै खरिदबिक्री हुँदै आएको छ । गत जेठ महिनामा पनि ३० युनिट अपार्टमेन्टको लिखत पारित भएको विभागले जनाएको छ । यस्तै, गत बैशाख महिनामा २८ वटा, चैतमा १८ वटा, फागुन २९, माघमा २५ वटा, पुसमा २८ वटा अपार्टमेन्ट किनबेच भएको थियो ।

विभागका अनुसार गत आवको मंसिरमा २२ युनिट, कात्तिकमा २२, असोजमा ३८ वटा, भदौमा ४५ वटा र साउनमा ३० वटा अपार्टमेन्ट खरिदबिक्री भएको थियो ।

गत असार महिनामा मात्रै सबैभन्दा धेरै काठमाडौंमा अपार्टमेन्ट किनबेच भएको छ । एकैमहिना काठमाडौंका विभिन्न मालपोत कार्यालयमार्फत ३७ वटा अपार्टमेन्ट किनबेच भएको छ । विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार मार्फत २३ वटा, कलंकीबाट ७ वटा, चावहिलमा ६ वटा र टोखामा १ वटा अपार्टमेन्ट किनबेच भएको हो । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुर मार्फत २२ वटा अपार्टमेन्ट खरिदबिक्री भएको छ । उपत्यका बाहिर भने पर्सामा ९ वटा र कास्की पोखरामा ३ वटा अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ।

स्रोतः भूमिव्यवस्थापन तथा अभिलेख विभाग

देशमा आर्थिक गतिविधि बिस्तारै बढ्न थालेका पनि अपार्टमेन्ट किनबेच सकरात्मक रुपमा बढ्ने बताइन्छ । अघिल्ला वर्षहरूमा आर्थिक सङ्कट, उच्च बैङ्क ब्याजदर र तरलता अभावले पनि अपार्टमेन्ट किनबेच प्रभावित बनेको छ । देशभरको समग्र घरजग्गा खरिदबिक्री नै सुस्त थियो । तर, पछिल्लो समय बैङ्कहरूको ब्याजदर पनि निरन्तर घटिरहेको छ । बैङ्कहरूले पनि सहज रूपमा कर्जा लगानी गर्ने अवस्था छन् । यसले पनि रियल स्टेट व्यवसायीहरू उत्साहित नै छन् । अर्थमन्त्रका विभिन्न सुचकहरु पनि सकरात्मक सुधारको बाटोमा छ ।

व्यवसायीका अनुसार अधिकांश स्थानमा निर्माणाधिन अवस्थामा रहेकाले हाल पुरानै अपार्टमेन्ट खरिदबिक्री चलिरहेको छ ।
देशका विभिन्न मुख्य शहरहरुमा ठुलो संख्यामा अपार्टमेन्ट निर्माणकै चरणमा छन् । त्यसले गर्दा पनि पनि कारोबार अपेक्षकृत रुपमा बढ्न नसकेको उनीहरुको भनाई छ । काठमाडौं उपत्यकाका ललितपुर, भक्तपुरसहित पोखारा, वीरगन्ज, झापा, रुपन्देही लगायतका ठाउँमा धमाधम अपार्टमेन्ट बनिरहेका छन् । निर्माणाधीन अवस्थामा रहेका अपार्टमेन्ट सकिएपछि नै कारोबार बढ्ने व्यवसायीहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्