८७ जलविद्युत कम्पनीले बेचे ३४ अर्बको बिजुली, विद्युत बिक्रीबाट कसको कमाई कति ? (सूचीसहित)
काठमाडौं । अधिकांश हाइड्रोपावर कम्पनीहरु नोक्सानीमै रहेता पनि उनीहरुको आम्दानी भने वृद्धि भएको छ।
७ दर्जन बढी हाइड्रोपावर कम्पनीहरुले एकैवर्ष झन्डै ३४ अर्ब रुपैयाँ बराबरको विद्युत बेचेका छन् । गत आर्थिक वर्ष २०८०–८१ मा ८७ वटा कम्पनीहरुले कुल ३३ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका हुन्। यो अघिल्लो आवको तुलनामा भने १७.३३ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि ती कम्पनीहरुले २८ अर्ब ९१ करोड ८७ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए ।
ती कम्पनीहरुले प्रकाशन गरेको गत आवको वित्तीय विवरणअनुसार ४७ वटा कम्पनीहरु घाटामा चलिरहेका छन् । बाँकी ४० वटा कम्पनीको नाफा मात्रै धनात्मक छ । विद्युत बिक्री आम्दानी दोहोरो अंकले बढ्दा पनि कम्पनीहरुको नाफामा भने सुधार आउन सकेको छैन् ।
समग्रमा विद्युत बिक्री आम्दानी बढेता पनि अधिकांश कम्पनीहरुको भने घटेको देखिन्छ । अघिल्लो आवको तुलनामा ४ दर्जन कम्पनीहरुको यस्तो आम्दानीमा गिरावट आएको छ। गत आवसम्म आइपुग्दा ८ वटा कम्पनीहरुले भने अझै विद्युत बिक्री गर्न सकिरहेका छैन् ।
अपर तामाकोशी एक्लैले बेच्यो साढे ८ अर्बको बिजुली, पाँच कम्पनी मात्रै अर्ब क्लबमा
गत आवमा सर्वाधिक विद्युत अपर तामाकोशीले बिक्री गरेको छ । कम्पनीले एकै वर्ष ८ अर्ब ७५ करोड २० लाख रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गरेको छ । कम्पनीको यस्तो आम्दानी अघिल्लो आवको तुलनामा भने ७.९३ प्रतिशत बढी हो ।
गत आवमा अपर ताकोशीसहित पाँच वटा कम्पनीले यस्तो आम्दानी १ अर्ब कटाएका छन । दोस्रो धेरै विद्युत सहास उर्जाले बिक्री गरेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा ३०० प्रतिशत अर्थात् २ अर्ब ४द्ध करोड ७५ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो ।
गत आवमा ग्रीन भेन्चरले १ अर्ब ४३ करोड ८४ लाख, सुपर मादी हाइड्रोपावरले १ अर्ब २६ करोड ५८ लाख, अपि पावरले १ अर्ब २४ करोड ८६ लाख र चिलिमेले १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ बराबरको बिजुली बेचका छन् ।
तर, गत आवमा भिजन लुम्बिनी उर्जा, सयपत्री हाइड्रोपावर, मध्यभोटेकोशी, मेन्छियाम, रसुवागढी, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, पाँचथर पावर र त्रिशुली जलविद्युत कम्पनीले भने विद्युत बिक्री गर्न सकेका छैनन् ।
अघिल्लो आवको तुलनामा सबैभन्दा धेरे आम्दानी (११५१.६ ८ प्रतिशत) माथिल्लो मैलुङ खोलाको वृद्धि भएको छ । कम्पनीले गत आवमा १२ करोड ८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो ।
यस्तै, अघिल्लो आवको तुलनामा पिपुल्स हाइड्रोपावरको ५२५.७८ प्रतिशत, पिपुल्स पावरको ४३४.५५ प्रतिशत, सुपर मादीको २७४.८८, हिमालयनको २१०.७३, अपि पावरको १७९.५८ र मनकामना इन्जिनियरिङ १३६.१० प्रतिशत वृद्धि भएको छ।
कुन कम्पनीको विद्युत बिक्री आम्दानी कति ?
hydro-power-sales