गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ।