नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण « Arthapath.com
१६ आश्विन २०८१, बुधबार

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण



काठमाडौं । नेपालको आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरिएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनले यस्तो देखाएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने उल्लेख छ । गत वर्ष सन् २०२४ को आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहेको थियो ।

यस्तै, आगामी आर्थिक वर्ष (सन् २०२६) मा नेपालको अर्थतन्त्र ५.५ प्रतिशत वृद्धि हुने अनुमान छ । विशेषगरि नेपाल राष्ट्र बैंकले अपनाएको लचक नीति र खुकुलो निमामकीय प्रावधानहरुले पनि नेपालको आर्थिक वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने प्रक्षेपण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्