नेपाल-बंगलादेश उर्जा व्यापार : नेपालबाट ४० मेगावाट विद्युत लैजान त्रिपक्षीय सम्झौता हुँदै « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

नेपाल-बंगलादेश उर्जा व्यापार : नेपालबाट ४० मेगावाट विद्युत लैजान त्रिपक्षीय सम्झौता हुँदै



काठमाडौं । आज (असोज १७ गते) नेपाल-बंगलादेश उर्जा व्यापार सम्झौता हुँदैछ । बंगलादेशले नेपालमा उत्पादित ४० मेगावाट विद्युत लैजानका लागि सम्झौता हुने भएको हो ।

बिहीबार नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसि विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

बुधवार काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सुनकोशी–३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पु¥याउने सुनिश्चितताका लागि भारत सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने, नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवर्द्धन गर्नको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरुको खोजी गर्ने सहमति पनि भएका छन् ।


प्रतिक्रिया दिनुहोस्