ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकको सोमबार बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको छ ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।