माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा १ अर्ब माथि, खुद नाफा र एपिएस कति ? « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा १ अर्ब माथि, खुद नाफा र एपिएस कति ?



काठमाडौं । माछापुच्छ्रे बैंकले तीन महिनामा ५० करोड बढी नाफा कमाएको छ । बैंकले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको असोज मसान्तसम्ममा बैंकले ५० करोड ३२ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । तर, यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ७.१९ प्रतिशत कमी हो । गत आवको पहिलो त्रैमासमा बैंकले ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत वृद्धि भई १ अर्ब ४८ करोड २६ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको संचालन नाफा ९९ करोड ९८ लाख ८५ हजार रुपैयाँ रहेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा भने २७.६२ प्रतिशत धेरै हो ।

बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ६ करोड ५६ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । बैंकले पहिलो त्रैमासमा भने ९.१७ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १७ रुपैयाँ ३२ पैसा छ । वितररणयोग्य एपिएस १२ रुपैयाँ २७ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ १६ पैसा छ ।

बैंककको खराब कर्जा भने १.१३ प्रतिशत मात्रै छ । समिक्षा अवधिमा बैंकको व्यवसायमा पनि सकरात्मक नै छ । सो अवधिमा बैंकको निक्षेप संकलन ६.२३ प्रतिशत वृद्धि भई १ खर्ब ६७ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी पनि ८.९४ प्रतिशत वृद्धि भई १ खर्ब ३८ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ११ करोड ६२ लाख १३ हजार रुपैयाँ छ । यता, जगेडा तथा कोषमा भने ६ अर्ब १७ करोड ७७ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्