थप एग्रेसिभ बन्दै नबिल बैंक: ४० प्रतिशत बढायो नाफा, इपिएसमा वृद्धि, यस्तो छ वित्तीय प्रगति

काठमाडौं । नबिल बैंकको नाफा ४० प्रतिशत वृद्धि भएको छ । बुधवार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंककले २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३९.९७ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमास बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने झिनो घटेर ४ अर्ब १४ करोड २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, बैंकको संचालन नाफा ३६.०९ प्रतिशत वृद्धि भई २ अर्ब ८९ करोड ३४ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । खुद संचालन आम्दानी पनि २१.७२ प्रतिशत बढेर ४ अर्ब ८७ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।जबकि गत आवको पहिलो त्रैमासमा यस्तो मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
हाल बैंकको प्रतिसेयर आम्दानी ८.५२ रुपैयाँ बढेर २९ रुपैयाँ ८३ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने २२९ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
बैंकको खराब कर्जा पनि सुधार देखिएको छ । गत आवको पहिलो त्रैमासमा १.५८ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा आइपुग्दा १.४२ प्रतिशत कायम भएको छ ।
हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने ३० अर्ब ५ करोड २६ लाख रुपैयाँ राखेको छ ।
व्यवसायमा पनि बैंक आक्रामक देखिएको छ । समिक्षा अवधिमा बैंकको निक्षेप १५.५७ प्रतिशत बढेर ४ खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी पनि ७.८४ प्रतिशत बढाएको छ । समिक्षा अवधिमा बैंकले कुल ३ खर्ब ८१ अर्ब २८ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।