तीन महिनामै बैंकका ऋणीले बुझाए साढे ४६ अर्ब ब्याज: ग्लोबल र नबिलले उठाए धेरै, कसले कति ? « Arthapath.com
१२ जेष्ठ २०८२, सोमबार

तीन महिनामै बैंकका ऋणीले बुझाए साढे ४६ अर्ब ब्याज: ग्लोबल र नबिलले उठाए धेरै, कसले कति ?



काठमाडौं । तीन महिनामै वाणिज्य बैंकहरुका ऋणीहरुले साढे ४६ अर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकहरुले साउनदेखि असोज मसान्तसम्ममा आइपुग्दा भने ४६ अर्ब ५४ करोड ९० लाख २५ हजार रुपैयाँ ब्याज बुझाएका छन् । तर, यो गत आवको सोही अवधिको तुलनामा भने ६.०९ प्रतिशत कमी हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुले ४९ अर्ब ५६ करोड ९९ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

समिक्षा अवधिमा अधिकांश बैंकहरुको खुद ब्याज आम्दानी घटेको छ । २० वटामध्ये ६ वटा बैंकको मात्रै यस्तो आम्दानी बढेको छ । तर, अन्य बैंकको भने घटेको देखिन्छ ।

समिक्षा अवधिमा प्राइम बैंकको यस्तो ब्याज आम्दानी १६.६७ प्रतिशत, एभरेष्टको १३.०८ प्रतिशत, सिद्धार्थको ६.०१, माछापुच्छ्रेको ४.९९, सिटिजन्सको ३.५६ र प्रभूको ३.१६ प्रतिशत वृद्धि भएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमई बैंकका ऋणीले बुझाएका छन् । तीन महिनामै बैंकका ऋणीले ४ अर्ब ११ करोड ८९ लाख ७१ हजार रुपैयाँ ब्याज बुझाएका हुन् । तर, यो गत आवको पहिलो त्रैमासको तुलनामा भने १४.२२ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले ४ अर्ब ८० करोड १५ लाख ८८ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

यस्तै, नबिल बैंकका ऋणीले पनि तीन महिनामा ४ अर्ब १४ करोड २ लाख ८५ हजार रुपैयाँ ब्याज बुझाएका छन् । तेस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)को खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड ६७ लाख ६५ हजार रुपैयाँ रहेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ६.८३ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले ४ अर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, कुमारी बैंकले पनि तीन महिनामा ऋणीबाट २ अर्ब ८० करोड ६२ लाख ४६ हजार, लक्ष्मी सनराइजले २ अर्ब ६७ करोड २७ लाख ३५ हजार, प्रभूले २ अर्ब ६२ रकोड ८६ लाख १५ हजार, एनआइसी एशियाले २ अर्ब ५५ करोड २७ लाख ८७ हजार, हिमालयनले २ अर्ब ४५ करोड ९ लाख ४५ हजार, प्राइमले २ अर्ब ३३ करोड १८ लाख ६२ हजार रुपैयाँ ब्याज उठाएको छन् ।

यता, नेपाल बैंकका ऋणीले पनि असोज मसान्तसम्ममा २ अर्ब २० करोड ८२ लाख ५२ हजार, राष्ट्रिय वाणिज्य बैंककाले २ अर्ब १७ करोड ४४ लाख ८३ हजार, एभरेष्टकाले २ अर्ब १३ करोड ९० लाख ५८ हजार, सिद्धार्थकाले २ अर्ब ८ करोड ८२ लाख ८७ हजार रुपैयाँ ब्याज बुझाएका छन् ।

त्यसैगरि एनएमबि बैंकले पनि ऋणीबाट तीन महिनामा १ अर्ब ९९ करोड ७९ लाख ३४ हजार, कृषि विकास बैंकले १ अर्ब ५४ करोड ४० लाख ४५ हजार, सिटिजन्सले १ अर्ब ४९ करोड ७८ लाख ७६ हजार, माछापुच्छ्रेले १ अर्ब ४८ करोड २६ लाख ९४ हजार, नेपाल एसबिआईले १ अर्ब ३४ करोड ८३ लाख ५९ हजार, सानिमाले १ अर्ब ३२ करोड र स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १६ करोड ९० लाख १२ हजार रुपैयाँ ब्याज उठाएका छन् ।


प्रतिक्रिया दिनुहोस्