प्राइम बैंकको लाभांश घोषणा « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

प्राइम बैंकको लाभांश घोषणा



काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्षका लागि आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

आइतबार (कात्तिक ११ गते) बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकले ५ प्रतिशत नगद लाभांश (करसहित) दिने भएको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्