गत वर्ष सेयरधनी निराश पारेको प्राइम बैंकको लाभांश घोषणा, १७ वर्षे इतिहासमा कति बाँड्यो बोनस र नगद ?
काठमाडौं । गत वर्ष सेयरधनीलाई निराश बनाएको प्राइम कमर्सियल बैंकले यो वर्षका लागि भने लाभांश घोषणा गरेको छ ।
कात्तिक ११ गते आइतबार बिहान बसेको बैंक संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट बैंकले यो वर्ष हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दर हुन आउने नगद लाभांश (कर सहित) वितरवण गर्ने भएको हो ।
गत वर्ष भने बैंकले कुनै पनि लाभांश घोषणा गरेको थिएन । तर, यो वर्ष भने बैंकले सो बराबरको दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो वर्षका लागि बैंकल ६.१८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको थियो ।
प्राइमले १७ वर्षे (यो वर्षसहित) लाभांश इतिहाँसमा सबैभन्दा कम लाभांश घोषणा गरेको हो । आर्थिक वर्ष २०६४–६५ यता दुई पटक सेयरधनीहरुको हात रित्तो बनाएको छ ।तर, अन्य वर्षहरुमा भने आफ्नो सामार्थ्य अनुसार लाभांश वितरण गरेको छ ।
अघिल्लो आवको मुनाफाबाट पनि बैंकले ८.९५ प्रतिशत लाभांश दिएको थियो । त्यसभन्दा अघि अर्थात् आर्थिकवर्ष २०७७–७८ मा पनि बैंकले १६.६३१३ प्रतिशत, आव २०७६–७७ मा १५ प्रतिशत, २०७५–७६ र २०७४–७५ मा १६–१६ प्रतिशत लाभांश दिएको थियो ।
कुन वर्ष कति दियो ?