ट्रम्पको जीतसँगै विश्वअर्थतन्त्रमा सकरात्मक माहोल, डलरको भाउले बनायो कीर्तिमानी उचाई « Arthapath.com
२२ कार्तिक २०८१, बिहीबार

ट्रम्पको जीतसँगै विश्वअर्थतन्त्रमा सकरात्मक माहोल, डलरको भाउले बनायो कीर्तिमानी उचाई



काठमाडौं । अमेरिकी डलरको भाउले फेरि ऐतिहासिक उचाई कायम गरेको छ । बिहीबा डलरको भाउ हालसम्मकै महँगो बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अर्थात् कात्तिक २२ गतेका लागि एक अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ १६ पैसा तोकिएको छ । यता, खरिददर १३४ रुपैयाँ ५६ पैसा कायम भएको छ । डलरको भाउ हालसम्मकै उच्च हो ।

राष्ट्र बैंकका अनुसार बुधबार लागि एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा र खरिददर १३४ रुपैयाँ २८ पैसा तोकिएको थियो ।
बुधवार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चयन भएका छन् । उनी निर्वाचित भएसँगै विश्वअर्थतन्त्रमा नै सकारात्मक रौनकता छाएको छ । राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै डलरको भाउ पनि कीर्तिमानी उचाईमा पुगेको छ ।

बिहीबारका लागि एक युरोको बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा र खरिददर १४४ रुपैयाँ २१ पैसा, बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा र खरिद दर १७३ रुपैयाँ २० पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार आजका लागि अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा कायम भएको छ ।

आज कुन मुद्राको सटही दर कति ?

CurrencyUnitBuySell
usd (U.S. Dollar)1134.56135.16
eur (European Euro)1144.21144.86
gbp (UK Pound Sterling)1173.20173.97
chf (Swiss Franc)1153.48154.16
aud (Australian Dollar)188.3388.73
cad (Canadian Dollar)196.7597.18
sgd (Singapore Dollar)1100.87101.32
jpy (Japanese Yen)108.738.77
cny (Chinese Yuan)118.7618.85
sar (Saudi Arabian Riyal)135.8235.98
qar (Qatari Riyal)136.9137.08
thb (Thai Baht)13.933.95
aed (UAE Dirham)136.6336.80
myr (Malaysian Ringgit)130.5630.69
krw (South Korean Won)1009.619.66
sek (Swedish Kroner)112.3812.44
dkk (Danish Kroner)119.3419.43
hkd (Hong Kong Dollar)117.3117.38
kwd (Kuwaity Dinar)1438.23440.19
bhd (Bahrain Dinar)1356.93358.52
स्रोतः नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्