कसरी सुधारियो एकाएक घलेम्दी हाइड्रोपावरको नाफा ? « Arthapath.com
२१ असार २०८२, शनिबार

कसरी सुधारियो एकाएक घलेम्दी हाइड्रोपावरको नाफा ?



काठमाडौं । घलेम्दी हाइड्रोपावरको नाफा धनात्मक देखिएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड १३ लाख ३४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपग्दा भने उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिमा कम्पनीले ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी झन्डै शतप्रतिशत (९६.३३ प्रतिशत) बढाएको छ । समिक्षा अवधिमा कम्पनीले ४ करोड ६६ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी २ करोड ३ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको ब्याज आम्दानी पनि १ करोड १५ लाख रुपैयाँ देखिएको छ । तर, कम्पनीको खर्च पनि घटेको छ । गत आवमो सो अवधिमा कम्पनीले ५ करोड १७ लाख बढी खर्च गरेको थियो । तर, चालु आवको समिक्षा अवधिमा भने घटेर ४ करोड ४१ लाख कायम भएको छ ।

यस्तै, वित्तीय खर्चमा पनि कटौति गरि २ करोड ४ लाख रुपैयाँ कायम भएको छ । यसरी नै कम्पनीको खुद नाफा धनात्मक हुन पुगेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ छ । तर, जगेडा कोष भने १९ करो ९४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १.८१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९८.९१ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्