सौर्य उर्जा उत्पादनका लागि प्राधिकरणले दियो ५ दर्जन कम्पनीलाई आशयपत्र, क-कसले पाए ?
काठमाडौं । सौर्य उर्जा उत्पादनका लागि ५ दर्जन बढी कम्पनीहरुले ठेक्का पाएका छन् । नेपाल विद्युत प्राधिकरणले ६४ वटा कम्पनीलाई सौर्य विद्युत उत्पादनका लागि ठेक्का (आशयपत्र) दिएको हो ।
प्राधिकरणेल ८०० मेगावाट सौर्य विद्युत उत्पादनका लागि प्रस्ताव आह्वान गरेको थियो । सो प्रस्तावमा २ हजार बढी आवेदन परेको थियो । त्यसपछि प्राधिरकणले ९६० मेगाबाट सौर्य उत्पादनका लागि ठेक्का लगाएको हो ।
आवेदन दिएका मध्ये १२७ वटा कम्पनीले प्राविविधक मूल्यकनको आधारमा छनोटमा परेका थिए । ती मध्ये ६४ वटा कम्पनी परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार प्रति किलोवाट घण्टाको मूल्य ४.९९ रुपैयाँदेखि ५.५५ रुपैयाँसम्म प्रस्ताव गर्ने कम्पनीले ठेक्का पाएको देखिन्छ ।
क-कसले पाए ?
99707791