कुन हाइड्रोपावर कम्पनीमा छ तपाईको लगानी ? सूचीकृत ९० मध्ये कुनको नाफा, इपिएस र नेटवर्थ कति ?
काठमाडौं । जलविद्युत कम्पनीहरुको सेयरमा लगानीकर्ताको आकर्षण नै मानिन्छ । कारोबार रकमको आधारमा यसको हिस्सा ३० प्रतिशत छ । गत असोज मसान्तसम्मकै तथ्याङ्क हेर्ने हो भने पनि कुल कारोबारमा यस क्षेत्रको योगदान ३०.३ प्रतिशत देखिन्छ ।
यता, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीहरुको ग्रोथ सकरात्मक नै देखिएको छ । कम्पनीहरुको नाफा, विद्युत बिक्री आम्दानी, प्रतिसेयर आम्दानी लगायतका वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गरेका छन् ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९० वटा जलविद्युत कम्पनीहरु सूचीकृत छन् । ती कम्पनीहरुले प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार औसत नाफा ३५ प्रतिशत बढाएका छन् । तीन महिनामै ती कम्पनीहरुले ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यस्तै, विद्युत बिक्रीबाट हुने आम्दानी पनि दोहोरोे अंकले बढेर १४ अर्ब ५ करोड बढी पुगेको छ । गत आवको तुलनामा यस्तो आम्दानी वृद्धिदर १२.६८ प्रतिशत छ । कतिपय परियोजनाहरुको उत्पादन बन्द हुँदा आम्दानी प्रभावित भएको छ । जसका कारण २० वटा कम्पनीले नोक्सानी पनि व्यहोरेको छन् ।
यद्यपि, गत आवको पहिलो त्रैमासको तुलनामा भने वित्तीय स्थिति व्यापाक सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमासमा जलविद्युत कम्पनीहरुको सकरात्मक वित्तीय विवरणले लगानीकर्ताहरुमा पनि एक किसिमको उत्साह नै छाएको देखिन्छ । अधिकांश कम्पनीहरुको सेयर भाउ पनि बढेको छ । आगामी दिनमा अझै वित्तीय स्थितिमा सुधार आउने र प्रतिफल क्षमता पनि बढाउने अपेक्षा गरिएको छ ।
चालु आवको पहिलो त्रैमासमा अपर तामाकोशीले सर्वाधिक नाफा कमाएको छ । तीन महिनामै कम्पनीले ६३ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, साहस उर्जाले ४० करोड, माउनटेन इनर्जीले ३० करोड ५३ लाख नाफा कमाएका छन् ।
तर, माउनटेन हाइड्रोपावर, छ्याङदी, बलेफी, साञ्जेन, त्रिशुली लगायतका २० वटा कम्पनीले भने घाटा व्यहोरेका छन् ।
पहिलो त्रैमासमा कम्पनीहरुको औसत प्रतिसेयर आम्दानी (इपिएस) ६.६७ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने ९७.६७ रुपैयाँ छ । पहिलो त्रैमासमा नोक्सानी व्यहोरेका २० वटा कम्पनीको इपिएस ऋणात्मक नै छ ।
समिक्षा अवधिमा सबैभन्दा धेरै इपिएस तेह्रथुम पावरको ४६.०३ रुपैयाँ छ । दोस्रो सूचीमा रहेको साहस उर्जाको ४५.७४ रुपैयाँ, सिक्लेस हाइड्रोपावरको ३८.६७, अपर हेवाखोलाको ३६.११, युनाईटेड इदी मर्दीको ३१.८६, सुपर मादीको ३०.७२, रुरु जलविद्युत परियोजनाको ३०.२ रुपैयाँ छ । यस बाहेकका अन्य कम्पनीको इपिएस ३० रुपैयाँभन्दा कम छ ।
यस्तै, प्रतिसेयर नेटवर्थ भने बुटवल पावरको २०८.५० रुपैयाँ छ । दोस्रो सूचीमा रहेको ङादी ग्रुपको २०४.२२ रुपैयाा छ ।
अब हेरौं चालु आवको पहिलो त्रैमासमा कुन जलविद्युत कम्पनीहरुको समग्र वित्तीय चित्र कस्तो ?
90-Hydrocompany-repoert-2081-82-1st-qtr