धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अन्तर्वार्ता सुरू, चापागाईं अनउपस्थित

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि अन्तर्वार्ता सुरु भएको छ ।
सेबोन अध्यक्षका लागि सर्टलिस्टमा परेका तीन जना आवेदकहरुलाई फेरि अन्तर्वार्ताका लागि बोलाइएको थियो । । कृष्ण बहादुर कार्की, चिरञ्चिवी चापागाई र डा. नवराज अधिकारी छनोट सूचीमा परेका थिए ।
अन्र्तवार्ताको लागी सर्टलिष्टमा परेका तत्कालिन बीमा समितिका पुर्व अध्यक्ष चापागाईं भने प्रश्तुतिकरणमा सहभागी भएनन् ।
अर्थमन्त्रालयले उनीहरुलाई आज अर्थात् मंसिर ९ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवाताको लागि डोकेको थियो । अहिले उनीहरुको अन्तर्वार्ता सुरु भएको मन्त्रालयले जनाएको छ।
सर्टलिस्टमा परेर पनि अन्तरवार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका कार्की, चापागाई र अधिकारीलाई फेरि मन्त्रालयले कार्यप्रस्तुति तथा अन्तरवार्ताका लागि बोलाइएको हो ।
यस अघि असोज १८ गते अन्तरवार्तामा बोलाएको थियो । तर, अन्तिम समयमा स्थगित भएको थियो ।