पीपीपी मोडेलमा बनाइदै साढे ५ खर्ब लागतका दुई ठुला जलविद्युत आयोजना, लगानी प्रस्ताव आव्हान « Arthapath.com
२३ मंसिर २०८१, आईतवार

पीपीपी मोडेलमा बनाइदै साढे ५ खर्ब लागतका दुई ठुला जलविद्युत आयोजना, लगानी प्रस्ताव आव्हान



काठमाडौं । दुई वटा ठुला जलविद्युत आयोजनाका लागि लगानी प्रस्ताव आह्वान भएको छ । विद्युत उत्पादन कम्पनीले २ हजार ३५६ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय लगानी प्रस्ताव आह्वान गरेको हो ।

४५६ मेगावाटको किमाथांका अरुण जलविद्यु आयोजना (अर्धजलाशययुक्त) र १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी प्रस्ताव आह्वानको गरेको हो ।

उक्त आयोजनका लागि सार्वजनिक तथा निजी साझेदारी (पीपीपी) ढाँचामा लगानी जुटाउने प्रक्रिया अघि बढाउन लागेको कम्पनीले जनाएको छ । त्यसका लागि स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानी प्रोत्साहित गर्न आयोजनाको स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानी गरि लगानी साझेदार गर्न इच्छुक कम्पनीसँग प्रस्ताव आह्वान भएको छ । कम्पनीका अनुसार आयोजनाको २५ प्रतिशत स्वपूँजी र ७५ प्रतिशत ऋण लगानी हुनुपर्नेछ ।

उक्त प्रस्ताव वभने आजैका मितिले १५ दिनभत्र पेश गर्नुपर्नेछ । सो प्रस्ताव आगामी पुस ८ गते खोलिने कम्पनीले जनाएको छ ।
यी दुई आयोजनाको अनुमानित लागत ५ खर्ब ५३ अर्ब ८० रुपैयाँ रुपैयाँ छ ।

कम्पनीका अनुसार मुगु कर्णाली जलाशाययुक्त आयोजनाका लागि ४ खर्ब ६० अर्ब रुपैयाँ र किमाथांका अरुणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

मुगु कर्णाली आयोजनका लागि न्युनतम बकोज मूल्य ४८ करोड ७२ लाख ४३ हजार ४२३ रुपैयाँ र किमाथांका जलविद्युतका लागि ९० करोड ८१ लाख ९ हजार ३०२ रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्