९ प्रतिशत बढ्यो रेमिट्यान्स : चार महिनामा ५ खर्ब बढी नेपाल भित्रियो, कुन महिना कति आयो ? « Arthapath.com
२७ मंसिर २०८१, बिहीबार

९ प्रतिशत बढ्यो रेमिट्यान्स : चार महिनामा ५ खर्ब बढी नेपाल भित्रियो, कुन महिना कति आयो ?



काठमाडौं । चार महिनामा ५ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउनदेखि कात्तिक मसान्तसम्ममा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ९.१ प्रतिशत बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।
गत असोज मसान्तसम्ममा पनि ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । राष्ट्र बैंकका अनुसार कात्तिकमा मात्रै १ खर्ब १४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत भदौमसान्तसम्ममा पनि २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ र साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार गत भदौमा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।


प्रतिक्रिया दिनुहोस्