सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
३ पुष २०८१, बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

पुस २ गते मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकले यो वर्ष ३.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्