राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ ।
राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रा.लि.,मोडर्न रेमिट्यान्स र भाटभटेनि मनि ट्रान्सफरको लाइसेन्स खारेज गरेको हो ।
नेपाल राष्ट्र बैंक, विप्रेषण विनिमावली, २०७९(प्रथम संशोधनसहित) को विनियम–१३ को उपनियम (५) बमोजिम ती कम्पनीहरुको लाइसेन्स गरेको भएको हो ।
रेमिट्यान्स कारोबारको सिलसिलामा कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम ( विप्रेषणसँग सम्वन्धित कारोबार मात्र) रहेको भए ३५ दिन भित्र लिखित जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।
तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्न नभएमा ती तीनै वटा रेमिट्यानस कम्पनीहरुको बैंक जमानत फुकुवा हुने बताइएको छ ।