घाटामै चलिरहेका छन् अधिकांश फाइनान्स, ७ वटा मात्रै नाफा कमाउनेको सूचीमा

काठमाडौं । अधिकांश फाइनान्स कम्पनी अझै पनि घाटामै चलिरहेका छन् । हाल संचालनमा रहेका १७ वटामध्ये १० वटा कम्पनी नोक्सानीमै देखिएका हुन् ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा ७ वटा कम्पनी मात्रै नाफामा देखिएका छन् ।
नाफामा कमाउनेको पहिलो सूचीमा मञ्जुश्री फाइनान्स देखिएको छ । कम्पनीले १६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो ।
दोस्रो सूचीमा रहेको प्रोग्रेसिभ फाइनान्सले १४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यता, आइसीएफसि फाइनान्सले पनि १० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै, गुडविल फाइनान्सले ५ करोड ५७ लाख ४० हजार, सेन्ट्रल फाइनान्सले ५ करोड ३४ लाख, मल्टीपर्पसले १ करोड ८७ लाख ७० हजार, जानकी फाइनान्सले ७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यी बाहेकका अन्य फाइनान्सहरु भने नोक्सानीमा छन् । बढ्यो खराब कर्जाका कारण फाइनान्स कम्पनीहरुको नाफा बढ्नै सकेको छैन् । अधिकांशको खराब कर्जाले सीमा पार गरेको छ । खराब कर्जाकै कारण कम्पनीहरु नोक्सानी व्यहोर्दै आएका छन् ।
समिक्षा अवधिमा सबैभन्दा धेरै नोक्सानी गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले व्योरेको छ । कम्पनी १४ करोड ३० लाख रुपैयाँमा घाटामा छ ।
यस्तै, रिलायन्स फाइनान्स ११ करोड, क्यापिटल मर्चेन्ट बैंकिङ्ग ८ करोड १४ लाख, गार्खाज फाइनान्स ६ करोड ७२ लाख, समृद्धि फाइनान्स ४ करोड ४० लाख घाटामा छन् ।
त्यसैगरि श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स २ करोड ८१ लाख, बेष्ट फाइनान्स २ करोड ३४ लाख, नेपाल फाइनान्स १ करोड ९५ लाख, पोखरा १ करोड ७९ लाख र नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनीले ८६ लाख रुपैयाँ घाटामा छन् ।