लघुवित्तहरुको दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले के संकेत गर्छ ? यस्तो छ नाफा र खराब कर्जाको आँकडा

काठमाडौं । बैंक तथा वित्त कम्पनीहरु खराब कर्जाको चेपुवामा छन् । पछिल्लो समय वित्तीय अवस्था खस्किँदो छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरुको नाफामा पनि प्रभावित भएको देखिन्छ ।
बढ्दो खराब कर्जाका कारण नै बैंक तथा वित्त कम्पनीको नाफा लगायतका सूचकहरुमा नकरात्मक प्रभाव परिरहेको छ ।
बैंकहरुको वित्तीय प्रगतिमा खास सुधार नदेखिएता पनि लघुवित्त तर्फको भने केही सकरात्मक देख्न सकिन्छ ।
हाल नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ५० वटा लघुवित्त कम्पनी सूचीकृत छन् । तीमध्ये हाल १४ वटा कम्पनीहरुले मात्रै चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुको खुद ब्याज आम्दानी, खुद नाफा, खराब कर्जा नियन्त्रण लगायतका सूचकमा सुधार देखिन्छ । लघुवित्त कम्पनीहरुको वित्तीय चित्रमा केही बदलाव आउने संकेत देखिन्छ । यद्यपि, सबै कम्पनीहरुको वित्तीय रिपोर्ट आएपछि मात्रै समग्र अवस्था थाहा पाउन सकिनेछ ।
कसले कति कमाए नाफा ?

१४ वटा कम्पनीहरु वित्तीय विवरण अनुसार नाफा झन्डै २१ प्रतिशत वृद्धि भएको देखिन्छ । ६ महिनामा कम्पनीहरुले ४७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका छन् । समिक्षा अवधिमा सामुदायिक लघुवित्त र इन्फिनिटी लघुवित्त भने ऋणात्मक छन् । अरु कम्पनीहरु भने नाफामै देखिन्छन् ।
६ महिनामा सर्वाधिक नाफा कमाउनेमा ग्रामिण विकास लघुवित्त छ । कम्पनीले १८ करोड १८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो सूचीमा रहेको ग्लोबल आइएमई लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
समिक्षा अवधिमा ग्लोबल आइएमईसहित आरम्भ चौतारी, हिमालयन, उन्नती सहकार्य, गुराँस लघुवित्त, स्वालम्बन लघुवित्तको नाफामा उछाल आएको छ । यी कम्पनीहरुले नाफा शतप्रतिशत बढाएका छन् ।
समग्र १४ वटा लघुवित्त कम्पनीहरुको खराब कर्जा पनि औसतमा सुधार देखिन्छ । हाल ती कम्पनीहरुको औसत खराब कर्जा ५.४९ प्रतिशत कायम भएको छ । जबकि, गत आवको दोस्रो त्रैमासमा भने ६.२२ प्रतिशत रहेको थियो । आठ वटा कम्पनीहरुको खराब कर्जा अनुपात घटेको छ । तर, पाँच वटा कम्पनीको खराब कर्जा भने सीमाभन्दा माथि छ । सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको १५.०९ प्रतिशत छ ।
यस्तै, इन्फिनिटीको ९.८५ प्रतिशत, स्वावलम्बनको ८.२८ प्रतिशत, हिमालयनको ५.६२ प्रतिशत, धौलागिरीको ५.५० प्रतिशत छ । ५ वटा कम्पनीको खराब कर्जा ४ प्रतिशत माथि छ । दोस्रो त्रैमासमा सपोर्ट लघुवित्तको भने १.७४ प्रतिशत छ ।
कुनको खराब कर्जा कति ?
