दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा साढे ११ अर्बको उछाल « Arthapath.com
११ फाल्गुन २०८१, आईतवार

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा साढे ११ अर्बको उछाल



काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारमा सामान्य वृद्धि देखिए पनि साढे ११ अर्ब माथिको कारोबार भएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको छ ।

आज कारोबार रकममा भने ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँको उछाल देखिएको छ । बजार सामान्य बढ्दा पनि कारोबार रकम बढ्नुले लगानीकर्ता ‘प्यानिक’ भएको देखाएको छ । कारोबार अवधिभर २ करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच भयो ।

सूचिकृत कुल १३ उपसूचकमध्ये ७ सूचक बढेका छन् भने ६ सूचक घटेका छन् । यस दिन कारोबारमा आएका मध्ये १४८ कम्पनीको मूल्य घटेका छन् भने ९१ कम्पनीको बढ्यो । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोपावरको ८.०२, बोटलर्स नेपाल बालाजुको ७.२९, नेपाल पुनर्बीमाको ७.०५, विन नेपाल लघुवित्तको ६.३, घलेम्दी हाइड्रोपावरको ५.८ तथा हिमालयन रिको ५.१ प्रतिशत मूल्य बढ्यो ।

रिलायन्स फाइनान्सको ७.२, उपकार लघुवित्तको ६.७, पिपुल्स हाइड्रोपावरको ६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।


प्रतिक्रिया दिनुहोस्