नाफामा गरिमा र मुक्तिनाथको कडा टक्कर, अझै चार विकास बैंक घाटामै, कसले कति कमाए ? « Arthapath.com
२८ फाल्गुन २०८१, बुधबार

नाफामा गरिमा र मुक्तिनाथको कडा टक्कर, अझै चार विकास बैंक घाटामै, कसले कति कमाए ?



काठमाडौं । अझै पनि चार वटा विकास बैंक नोक्सानीमा छन् । कर्णाली डेभलपमेन्ट, एक्सेल, सप्तकोशी र नारायणी डेभलपमेन्ट बैंक घाटामा छन् ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कर्णाली डेभलपमेन्ट बैंकले ७२ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यस्तै, सप्तकोशी १८ करोड ९० लाख, सप्तकोशीले २ करोड ९ लाख र नारायणी डेभलपमेनटले ८५ लाख रुपैयाँ घाटामा देखिएका छन् ।

यी बाहेकका अन्य विकास बैंकको नाफा भने धनात्मक छ । समिक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा गरिमा विकास बैंक छ । बैंकले ७ महिनामा ६८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।

दोस्रो सूचीमा रहेको मुक्तिनाथ विकास बैंकले ७ महिनामा ६२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको माघ मसान्तको तुलनामा भने १८.२५ प्रतिशत बढी हो । नाफामा गरिमा र मुक्तिनाथबीच उछिनपाछिन चलिरहेको छ ।
तेस्रो सूचीमा रहेको शाइन रेसुङ्गाले पनि ४४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यता, कामना सेवा विकासले ३६ करोड ८ लाख, महालक्ष्मी विकास बैंकले ३३ करोड ५३ लाख, ज्योति विकासले ३० करोड ५१ लाख, सांग्रिला डेभलपमेन्टले २६ करोड २१ लाख र लुम्बिनी विकासले २३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

त्यसैगरि मितेरी डेभलपमेन्टले ७ करोड ३ लाख, सिन्धु विकासले ४ करोड ८५ लाख, ग्रीन डेभलपमेन्टले १ करोड ३९ लाख र कर्पोरेट डेभलपमेन्टले २० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्