नेप्सेको सीईओका लागि ‘सर्ट लिस्ट’मा परेका ५ जनाकै व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि संक्षिप्त सूची (सर्ट लिस्ट) मा परेका पाँच जनाले आफ्नो व्यवसायिक कार्ययोजना प्रस्तुत गरेका छन् ।
नेप्सेको सीइओका लागि चुडामणी चापागाई, बद्री प्याकुरेल, नारद कुमार लुइटेल, पुर्ण प्रसाद आचार्य र हेमन्त बस्याल संक्षिप्त सूचीमा परेका छन् ।
नेप्से सीइओ नियुक्तिका लागि गठित सिफारिस समितिले गत आइतबार (चैत ३ गते) संक्षिप्त सूचीमा परेका उमेदवारहरुको नाम प्रकाशन गरेको थियो ।
समितिले आज अर्थात् चैत ६ गते बुधवारका लागि उनीहरुको व्यवासायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तवार्ता अर्थमन्त्रालयमा बोलाइउको थियो ।