आगामी बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव « Arthapath.com
१० असार २०८२, मंगलबार

आगामी बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८२ को बजेट निर्माणको तयारीमा जुटेको छ ।

बजेट निर्माणका लागि अर्थ मन्त्रालयले सबै पक्षसँग सुझाव मागेको छ । मन्त्रालयले आगामी आवको बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।

हाल मन्त्रालयले आगामी आर्थिक वर्ष लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । मन्त्रालयले आगामी बजेट वक्तव्य तयार गन बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेका छन ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुमा सुझाव पेश गर्न आव्हान गरिएको छ ।

विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चार माध्यम तथा आम नागरिकहरुले बजेटका लागि सुझाव दिन सक्नेछन् । सुझाब भने आगामी वैशाख मसान्तभित्र बुझाउनुपर्न छ । मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्