यस्तो छ पछिल्लो नौ महिनाको देशको आर्थिक अवस्था (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ ।
९ महिनामा झन्डै १२ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । रेमिट्यान्स नेपाली रुपैयाँमा १०.० प्रतिशतले र अमेरिकी डलरमा ७.३ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६२ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च ९ खर्ब ९८ अर्ब ५२ करोड र राजस्व परिचालन ८ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ ।